बहराइनमा नेपालीहरुले मुस्लिम धर्मावलम्बिहरुको महान चाड ईद अल फितरको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने |

विदेश

बहराइनमा नेपालीहरुले मुस्लिम धर्मावलम्बिहरुको महान चाड ईद अल फितरको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने |
जुन १२ राजित तमु बहराइन :-बैदेशिक रोजगारको शिलशिलामा बहराइन रहनु हुने नेपालीहरुले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद अल फितरको अबसर जुन १५ मा बहराइन स्थित बिभिन्न नेपाली संघ संस्थाहरुले छुट्टा छुटै कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । यसै अवसरमा बहराइन सरकारबाट मान्यता प्राप्त नेपालीहरुकै धरोहरको रुपमा रहेको नेपाली क्लबले "नेपाली सागितिक साँझ-२०१८ को आयोजना गरि मनाउने भएको छ Dance India Dance Season -3 & Jhalak Dekhlaaajaa season -9 बिजेता नेपालकी छोरी , टेरिया फौजा मगर , नेपाल आइडल -१ को टप ६ मा पर्न सफल सर्बाधिक रोजाईको गायक सुरज थापा साथै स्थानीय कलाकारहरुको संयुक्त प्रस्तुति रहने छ । कार्यक्रम डेलमोन इन्टरनेशनल होटेल मनमामा बेलुका ६ बजे बाट सुरु हुने छ । त्यस्तै स्थानीय कलाकारको सम्मान र अवसर भन्ने मूल उदेश्य सहित कोरीबाटी टी भी र डाँफे डिजाइन को संयुक्त आयोजनामा "खोजौ प्रतिभा दिलाउ अवसर" कार्यक्रमको आयोजना गर्ने भएको छ स्थानीय कलाकारहरु समेटेर आयोजना गर्ने लागेको कार्यक्रममा प्रवेश भने नि शुल्क रहेको छ इन्द्रेणी रेस्टुरेन्टको सभा हलमा आयोजना गरिने कार्यक्रममा आउन र जनाको लागको पनि सवारीको ब्यबस्था गरेको आयोजकले जनाकारी दिएको छ |   यसै गरि म्याग्दी उद्धार समिति बहराइनले "छैठौ पुरुष भलिबल " प्रतियोगिताको आयोजना गरेको छ जुन १५,१६ १७ गरि ३ दिन सम्म चल्ने प्रतियोगिता को पहिलो हुने टिमलाई, खसी सहित गोल,मेडल प्रमाण पत्र दोस्रो हुने टिमलाई खसि ,मेडल, प्रमाण पत्र ,तेस्रो हुने टिम लाई खसि कहित मेडल, प्रमाण पत्र प्रदान गरिने छ भने खेल अस्कर स्थित नेपाली क्याम्पको खेल मैदानमा हुने छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...