काश्मिरमा भारतीय सेनाको कारबाहीमा ११ जनाको मृत्यु |

विदेश

काश्मिरमा  भारतीय  सेनाको कारबाहीमा ११ जनाको मृत्यु |

अप्रिल १ काश्मीर:- भारतीय सेनाले आइतबार काश्मीरमा गरको कारबाही ११ जनाको मृत्यु भएको बताइएको छ । कारबाहीमा ठूलो सफलता मिलेको भारतीय सेनाले दावी गरेको छ । त्यसमा सेना तर्फ ३ जनाले ‘शाहदत’ भएको जनाएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार मृत्यु हुने आतंककारीमा सेनाका दुई जना लेफ्टिनेन्ट मध्ये उमर फयाजको हत्यामा संलग्न रहेकाहरु भएको दाबी छ ।

गुप्तचर सूचनाका आधारमा आतंककारीहरु रहेका तीन स्थानमा सेनाले ठूलो कारबाही गरेको थियो । दुई पक्षबीच भएको लामो भिड्न्तमा ८ जना आतंककारी र ३ जना भारतीय सैनिक शाहदत भएको भारतीय सेनाले जनाएको छ । उनीहरुका अनुसार सबै आतंककारी स्थानीय थिए । र उनीहरुको मृत्युको खबर सुनेर शोपियां ढुंगा मुढा शुरु भएकोमा बताइएको छ । जसमा ३१ जना घाइते भएको छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...