नेपाली जनसम्पर्क समिति इजरायलको दोस्रो स्थापना दिवस भब्य रुपले मनाउने तयारी |

राजनीति    विदेश

नेपाली जनसम्पर्क समिति इजरायलको दोस्रो स्थापना दिवस भब्य रुपले मनाउने तयारी |
जुलाई ४ तेल अभिब :-''राष्ट्रियता, लोकतन्त्र र समाजबाद हाम्रो आदर्श हुन् ''भन्ने मूल नाराका साथ प्रबासी भुमी इजरायलमा नेपाली कांग्रेसको आस्था,विचार र सिद्दान्त प्रति आत्मसाथ गर्दै प्रवासमा रहेका लोकतन्त्रवादिहरुको सामुहिक प्रयासबाट जुलाई २७ २०१६ मा नेपाली कांग्रेसको भातृ संगठन अन्तर्गत विदेश बिभाग स्थापना भएको थियो ,यस एतिहासिक दिन पारेर आगामी जुलाई २७ २०१८ शुक्रबारको दिन तेल अभिवमा दोस्रो स्थापना दिवस भब्य रुपले मनाउने भएको जानकारी नेपाली जनसम्पर्क समिति इजरायलका महामन्त्री खगेश्वर अधिकारीले दिनु भएको छ | यस कार्यक्रममा उपस्थित भै भब्य रुपले सफल पारिदिनु हुन, इजरायलमा रहेका बिभिन्न सघ-सस्था सामाजिक, धार्मिक, साहित्यक,राजनीतिक पार्टी, तथा मिडियाकर्मीहरुका साथै इजरायलमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नेपाली जनसम्पर्क समिति इजरायल हार्दिक अनुरोध गरिएको छ |  

नेपाली जनसम्पर्क समिति इजरायल मिति: -२७ जुलाई २०१८ समय:- ७:०० बजे शुक्रबार | स्थान:- यशोधमला २९, तेल अभिव


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...