क्यानाडामा फुटपाथमा गाडी चलाउदा १० जनाको ज्यान गयो |

अपराध    विदेश

क्यानाडामा फुटपाथमा गाडी चलाउदा १० जनाको ज्यान गयो |
अप्रिल २३ टोरन्टो एजेन्सी:- क्यानडाको टोरन्टो शहरमा एक जनाले जथाभावी भ्यान चलाएर १० जनाको हत्या गरेका छन् ।१६ जना घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार चालकले पहिले फुटपातमा भ्यान लगेर पैदालयात्रुलाई किचेका थिए । त्यसपछि फेरि सडक मै भ्यान ल्याएर फरार रहेका आक्रमणकारीलाई पछि पक्राउ गरिएको बिबिसीले जनाएको छ ।अहिले त्यो ठाउँ नजिकै मेट्रो सेवा स्थगित गरिएको छ । प्रहरीले त्यो इलाका नजिकै नजान पनि सबैलाई आग्रह गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...