कुवेतमा घरेलु मदिरा बनाउने नेपालीहरु पक्राउ |

अपराध    विदेश

कुवेतमा घरेलु मदिरा बनाउने नेपालीहरु पक्राउ |
जुन १० कुवेत :-कुबेतमा घरेलुु मदिरा उत्पादनमा सक्रिय ६ जना नेपालीलाई त्यहाको स्थानीय प्रहरीले सनिवार रङ्गेहात पक्राउ गरेको छ ।कुवेतको राजधानी नजिकै रहेको साद अल-अब्दुला इलाकाबाट प्रहरीले ३ पुरुष र ३ महिलालाइ लाई घरेलुु मदिरा सहित पक्राउ गरेको त्यहाको स्थानीय सन्चार माध्यमले जानकारी दिएका छन्।कारखानाबाट लुकाइ छिपाइ बिक्रीवितरणका लागि बजार लैजान तयारी गरेको अबस्थामा कुबेत प्रहरीले सो छेत्रमा छापा मार्दा गाडी तथा घरमा लुकाइ राखिएको ठाउँबाट ९ सय ८० बोतल घरेलु मदिरा सहित मदिरा उत्पादनमा प्रयोग गरिने विभिन्न सामाग्री समेत नियन्त्रणमा लिएको कुबेत प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ। कुबेत लगायत खाडीमुलुक मा मुस्लिम धर्मावलम्बीहरुको पबित्र महिना मानिने विशेष पर्व रामदानको समयमा मदिराको प्रयोगमा बन्देज लगाइएको छ भने ,कुबेत सरकारले मदिराको बिक्री बितरण र उत्पादनमा पुर्ण प्रतिबन्ध लगाइएको छ। यता कुबेत स्थित नेपाली राजदुतावासले भने पक्राउ परेका नेपाली बारे आधिकारिक जानकारी प्राप्त नभएको बताएको छ।पक्राउ परेका हरु कुन -कुन जिल्लाका कोको हुन भनि नाम उल्लेख नगरिएको भय पनि कुबेतको कानुन अनुसार उनीहरुलाई ठुलो सजाय हुन सक्ने अनुमान छ । kuwait times

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...