स्वर्ण जित्ने नेपाली राष्ट्रिय महिला फुटबल टिमको सपना तुहियो।

खेलकुद

स्वर्ण जित्ने नेपाली राष्ट्रिय  महिला फुटबल टिमको सपना तुहियो।
डिसेम्बर ८ काठमाडाैं:- १३औं सागको महिला फुटबल फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । १३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण जित्ने नेपाली महिला फुटबल टोलीको सपना तुहिएको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा भारत २–० गोलअन्तरले पराजित भएसँगै नेपालको स्वर्ण सपना सकिएको हो । भारतको जितमा दुबै गोल बाला देवीले गरिन्। उनले खेलको १७ औं र ५७ औं मनेटमा गोल गरेकी थिइन्। योसँगै सन् २०१९ मा मात्रै नेपाली महिला टोली तेस्रो पटक अन्तर्राष्ट्रिय उपाधि जित्नबाट चुकेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...