किरात राई यायोक्खा शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्रको सहयोगार्थ यलेदोङ बृहत सांस्कृतिक कार्यक्रम- ५०८० को तयारी पुरा ।

अन्य

किरात राई यायोक्खा शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्रको  सहयोगार्थ यलेदोङ बृहत सांस्कृतिक कार्यक्रम- ५०८० को तयारी पुरा ।
जनवरी २४ मनु कोंमे युएई :-"सम्पुर्ण किरातीहरुको चाहना,स्वयत्त किरात राज्यको स्थापना " भन्ने मुल नाराका साथ किरात राई यायोक्खा शाखा युएईले यही आउदो २०२० फेब्रुअरी ७ तारिख शुक्रबार युएईको अबुधाबी स्थित ब्राइट राइडर्स स्कुल,अलऐन युनिभर्सिटी सफिर मलको छेउ, अबुधाबीमा डा. महाबिर पुनले नेतृत्व गरेको राष्ट्रिय आबिष्कार केन्द्र नेपाल प्रचार प्रसार सहयोगार्थ,नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार तथा किरातीहरुको नयाँ बर्षको अवसरमा "यलेदोङ बृहत सांस्कृतिक कार्यक्रम -५०८० " भव्यरुपमा आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम भव्य र सभ्यरुपमा मनाउनको लागि नेपाल बाट अतिथि कलाकारको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सु-प्रसिद्ध हांस्यव्यङ्या (कमेडियन) कलाकार फुलन्देकी आमा उर्फ उमेश राई , बहुचर्चित गायक निनाम हाङ राई ,गायिका बबिना किराँती ,गायक दिपक बान्तवा राई , वरिष्ठ गायक कुबेर राई र गायक जिबि हाङ राई युएई आउने भएका छ्न। कार्यक्रममा आमन्त्रित अतिथि कलाकार चर्चित हांस्ययङ्ग्य (कमेडियन) फुलेन्देकी आमा उर्फ उमेश राईको बिशेष हांस्यव्यङ्ग्य प्रस्तुतिको साथ गायक निनाम हाङ राई ,गायिका बबिना किराँती , गायक दिपक बान्तवा राई ,गायक कुबेर राई र गायक जिबि हाङ राईको बिशेष जोडदार सांगीतिक प्रस्तुति सहित युएईमा चर्चित ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ। कार्यक्रमको मुख्य प्रायोजकमा हिमालयन रेष्टुरेन्ट रहेको छ भने सह प्रायोजकमा लाइफलाइन हस्पिटल,कन्चनजंघा रेष्टुरेन्ट ,प्राइम एक्सप्रेस,अल मसाफी रेष्टुरेन्ट, पिपल्स ट्राभल एण्ड टुर्स र फोर सिजन मोबाईल शोप रहेको छ भने सहयोगी संस्थाहरुमा सुनुवार सेवा समाज युएई, इनास युएई ( अन्तर्राष्ट्रिय नेपाली कलाकार मंच युएई ) , मितेरी समाज युएई र भोजपुर हातेमालो सेवा समाज युएई रहेको छ। उक्त कार्यक्रममा आउन जानको लागि युएईको सातै राज्य बाट नि:शुल्क (फ्री यातायात ) यातायातको व्यवस्थापन गरेको छ।यातायात व्यवस्थापनमा अबुधाबी चन्द्र साम्पाङ - ०५५१९०२२५४ , मेम्बर राई - ०५४४७०९२८५ , सीता राई - ०५५२२५८४४६ , अलऐनको लागी राम किरात - ०५२९०९१०१२ , बिकास राराहाङ राई - ०५४५७५६४१६ , दुबईको लागी भगवती चाम्लिङ - ०५०७४२८८७० , महेन्द्र राई - ०५५५५७६९०६ र सारजाहको लागी सुशील श्रेष्ठ - ०५५५२२३७७६ रहेको छ। कार्यक्रम लाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नको लागी कार्यक्रम संयोजकमा पदम खालिङ,सह-संयोजकमा डिके किराँती र सरु सिताल राई रहेको छ भने युएईमा स्थापित क्रियाशिल संघ संस्थाका प्रमुख,प्रतिनिधि,व्यवसायी,समाजसेवी,बुद्धिजीवी महानुभव , पत्रकार , सम्पुर्ण राई तथा गैर राईहरुमा गरिमामय उपस्थितिको लागी किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्र साम्पाङले हार्दिक निमन्त्रणा समेत गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...