कुवेतमा एक नेपाली घरेलु कामदार महिलाद्वारा आत्महत्या |

अपराध    विदेश

असोज १७ कुवेत :-घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत ४१ बर्षिय दिल माया राइले आफुले काम गर्ने घरमा झुन्डिएर आत्महत्या गरेकी छन।राइले मंगलबार कुवेतको जाहारा भन्ने स्थानमा अाफु कार्यरत घरमै आत्महत्या गरेको नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले जानकारी दिएका छन। मृतकको नेपालको ठेगाना र राहदानी दुताबासमा आउन बाँकी रहेको भएपनि प्रहरिले आत्महत्याको बारेमा प्रारम्भिक जानकारी दिएको छ । घटना बारे प्रहरी तथा सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको छ भने दुताबासले पनि आबश्यक कानुनी प्रकृयाका लागि काम शुरु गरिसकेको जानकारी दिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...