मलेसियामा एक नेपालीले अर्को नेपालीको छुरा प्रहार गरि हत्या गरे |

अपराध    विदेश

जुन १८ पीके रोक्का मगर मलेसिया :-मलेसियाको लेबर शहर कोंड़ोमा एक नेपालीले सामान्य बादबिबाद हुँदा छुरा प्रहर गरि आफ्नै साथीको हत्या गरेको छ | गैर कानुनि रुपमा एकै ठाउमा काम गरिरहेका बर्दिया घर रहेका रोशन थापालाई काठमाडौँ घर बताउने सोनाम थापा नाम गरेको एक युवकले घांटीमा छुरा प्रहार गरि हत्या गरेको छ | उक्त घटना हिजो राती १७ जूनमा संगै रक्सी खांदै गरेको समयमा सामान्य विवाद भएको र हात हलाहल हुँदै सोनाम थापाले रोशन थापाको घांटीमा छुरा प्रहार गरेको थियो ,रगताम्य भएर भुईमा लडेको रोशनको मृत्यु भएको थियो |हत्या गर्ने सोनाम मलेसियन प्रहरीले पक्राउ गरिसकेको छ | शवलाई पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा लगेको पीके रोक्का मगरले जानकारी दिए।मृतक थापा बिबाहित हुन उनको घरमा एक छोरी र श्रीमती छन।घटनाबारे नेपाली दूतावासलाई जानकारी गरार्इ सकिएको र आवश्यक प्रक्रिया पूरा गरि मृतको शव नेपाल पठाउने तयारी रहेको खड्काले जानकारी दिएका छन।
हत्यारा भनिएको सोनाम मगर
कम्पनीमा काम गर्ने नेपाली इन्चार्जको सम्पर्क नम्बर :- ०११३१२१२७२५

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...