युएईमा एक नेपाली महिलाले मदिरा सेवन गरी चक्कु चलाउदा एक मृत्यु ,३ घाइते |

अपराध    विदेश

युएईमा एक नेपाली महिलाले मदिरा सेवन गरी चक्कु चलाउदा एक मृत्यु ,३ घाइते |
कार्तिक १२ युएई :- युएईमा एक नेपाली महिलाले मदिरा सेवन गरी धन्धाधुन्द चक्कु लगाउँदा एकको मृत्यु हुनुका साथै अरु ३ जना घाइते भएका छन् ।युएर्इको तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राती मदिरा सेवन गरि धारिलो हतियार चक्कु प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो। झगडा छट्याउन गएकी सर्लाहीकी ममता चौधरी गम्भीर घाइते भएकी छिन् । उनको अल कासिमिया अस्पतालको आसियुमा उपचार भैरहेको छ।अन्य २ जना सलिना मगर र आशा दर्जी सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। gulfnews

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...