तमु समाज युएईको अध्यक्षमा पुन:उषा तमुस्यो निर्बाचित |

विदेश

तमु समाज युएईको अध्यक्षमा पुन:उषा तमुस्यो  निर्बाचित |

मार्च २५ दुबाई:-युएईमा रहेका तमुहरुको सुख दुखमा साथ दिन र आफ्नो समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उदेश्यले सन् १९९७ मा स्थापित युएई कै दोश्रो पुरानो संस्था तमु समाज युएईले फेरी अर्को पटक पनि उषा तमुस्योलाई नै अध्यक्ष चुनेको छ | २३ मार्च २०१८ का दिन आबुधाबीमा सम्पन्न ११ औं महाधिवेशनबाट उनि २०१८ – २०२० को कार्यकालको निम्ति पुन चुनिएकी हुन् |

उक्त महाधिवेशन सम्पन्न गर्न तमु सम्माज युएइको सल्लाकार डी. आर. गुरुङको संयोजकत्वमा राजु तमु र श्याम तमु सदस्य सहितको एक निर्वचन समिति गठन गरिएको थियो l उक्त निर्वाचन समितिले उषा तमुस्योको अध्यक्षमा निम्न पदाधिकारीहरु सहितको १९ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ |

अध्यक्ष : उषा तमुस्यो वरिष्ठ उपाध्यक्ष : मुनिन्द्र तमु उपाध्यक्ष : भगवती तमुस्यो उपाध्यक्ष : नन्द जंग तमु महासचिव : पवित्र तमुस्यो सचिव : इन्द्र तमु कोषाध्यक्ष : बल बहादुर तमु सहकोषाध्यक्ष : प्रिती तमुस्यो प्रवक्ता : मान सिंङ तमु (मानु कोन्मे तमु) सदस्यहरु :- उर्मिला तमुस्यो, किरण तमु, संजय तमु, सन्तोष तमु, अमृत तमु, तारा तमु, रमिला तमुस्यो, ममता तमुस्यो, पुर्णिमा तमुस्यो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...