शेर्पा किदुग युएईले आउदो मार्च ०६ तारिख ग्याल्पो ल्होसार चिवा ल्हो मनाउदै।

विदेश

शेर्पा किदुग युएईले आउदो  मार्च ०६ तारिख ग्याल्पो ल्होसार  चिवा ल्हो मनाउदै।
जनवरी ३० मनु कोंमे तमु युएई :- शेर्पा किदुग युएईले आउदो ०६ मार्च २०२० शुक्रबार युएईको दुबई स्थित एभरेष्ट क्लब एण्ड रेष्टुरेन्ट वर दुबईमा बौद्ध धर्मावलम्बी शेर्पा हरुको राष्ट्रिय पर्व नयाँ बर्ष ग्याल्पाे ल्होसार २१४७ अाै च्या फाे -चिवा ल्हाे वर्ष को अवसरमा ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त सांस्कृतिक कार्यक्रम लाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नको लागि नेपाल बाट अतिथि कलाकारको रुपमा चर्चित कलाकार गायक एपि शेर्पा र गायक गोन्पो शेर्पा युएई आउने भएको छ। आमन्त्रित अतिथि कलाकार गायक एपि शेर्पा र गायक गोन्पो शेर्पा को बिशेष सांगीतिक प्रस्तुती रहने भएको छ भने युएईमा चर्चित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ। उक्त कार्यक्रममा जान र आउनको लागी अबुधाबी र अलऐन बाट नि:शुल्क यातायातको व्यवस्था गरेको छ। कार्यक्रम संयोजकमा निमा शेर्पा र नुरु पिनासा शेर्पा रहेको छ।त्यसैगरी प्रचार-प्रसार व्यवस्थापनमा कान्छा शेर्पा पासाङ रिन्जी शेर्पा,यातायात व्यवस्थापनमा मिग्युर शेर्पा र सांस्कृतिक कार्यक्रमको ब्यबस्थापनमा आङ गेलु शेर्पा रहेको छ। कार्यक्रम लाई अझ प्रभावकारी र सफलतापुर्वक सम्पन्न गर्नको लागि साथ,सहयोग र हौसला मिल्ने अपेक्षाको साथ कार्यक्रममा सम्पुर्ण युएईमा क्रियाशिल संघ संस्थाका प्रमुख , प्रतिनिधि , व्यवसायी, पत्रकार , बुद्धिजीवी महानुभाव ,समाजसेवी,शेर्पा तथा गैर शेर्पाहरुमा गरिमामय उपस्थितिको लागी शेर्पा किदुग युएईका अध्यक्ष एवं संयोजक निमा शेर्पाले निमन्त्रणा समेत गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...