युएईको दुबई शहरमा संयुक्त तीज धमाका – २०१८ कार्यक्रम हुँदै।

विदेश

युएईको दुबई शहरमा संयुक्त तीज धमाका – २०१८ कार्यक्रम हुँदै।
भदौं ११ मान सिङ गुरुङ (मानु कोन्मे), युएई - नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज पर्वको अवसर पारी यहि २०१८ अगस्ट ३१ तारिख शुक्रबार दिनको २ बजे दुबईको डल्सको हल अलकुज युएईमा संयुक्त तीज धमाका - २०१८ कार्यक्रम भव्य साथ हुंदैछ। युएईमा सबै भन्दा पहिलो स्थापना भएको संस्था नेपाली समाज युएईको संयोजनामा संयुक्त तीज धमाका - २०१८ कार्यक्रम हुन गइ रहेको छ भने कार्यक्रम मा नेपाल आदिवासी जनजाति महासंघ युएई,एनआरएनए युएई,तमु समाज युएई,तामाङ समाज युएई,काभ्रे समाज युएई,नेपाल बिश्व सहयोग संघ युएई,नेप्लिज सोसल क्लब युएई,पर्वत सेवा समाज युएई,पाल्पाली समाज युएई,नेपाली संघीय समाज युएई,मितेरी समाज युएई,धादिङ समाज युएई,सर्लाही सेवा समाज युएई,झापाली समाज युएई,शेर्पा किदुग युएई,भोजपुर हातेमालो समाज युएई,चितवन समाज युएई,गल्याङ नगर समाज युएई,बागलुङ सेवा समाज युएई,गोरखा सेवा समाज युएई,रुपन्देही सेवा समाज युएई,थारु कल्याणकारिणी सभा शाखा युएई,दाङ देउखुरी समाज युएई,प्युठान स्वर्गद्वारी सेवा समाज युएई,देवदह सेवा समाज युएई,गुल्मी सेवा समाज युएई,ताप्लेजुङ समाज सेवा युएई,लुम्बिनी वेलफेयर सोसाइटी युएई,नेपाली समुदाय युएई,नवलपरासी सेवा समाज युएई,कास्की आदर्श सेवा समाज युएई,प्रवासी भुजेल समाज सेवा युएई,स्याङ्जा सहयोग समाज युएई,प्रवासी नेपाली एकता समाज युएई,नेवा पुच: युएई,किराँत राई यायोक्खा शाखा युएई,किराँत याक्थुङ चुम्लुङ युएई,नेपालीज मुस्लिम सोसाइटी युएई,प्रवासी भुजेल समाज सेवा समिति युएई,श्री कालीगण्डकी बहुउद्देश्यीय सेवा समाज युएई,नवलपुर सेवा समाज युएई,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युएई शाखा युएई,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई,एभरेस्ट मार्टियल आर्ट्स ट्रेनिङ क्लब युएई,एभरेस्ट भिजन युएई,डि डि ए ग्रुप, फाइन एग्रो फुड स्टाफ युएई,लि:ल फङ (घले समाज) युएई लगायत करिब ५० भन्दा बढी युएईमा क्रियाशिल संघ संस्था,जातीय संघ संस्था, जिल्लागत संघ संस्था,सामाजिक तथा राजनैतिक संघ संस्थाहरुको सहभागिता रहने भएको छ। उक्त संयुक्त तीज धमाका कार्यक्रममा नेपाल बाट ख्यातिप्राप्त कलाकारहरुमा चर्चित सेलो गायक रोज मोक्तान,लोक दोहोरी क्षेत्रका चर्चित गायक खुमन अधिकारी र चर्चित लोकदोहोरी गायिका रमिला न्यौपाने आउने भएका छन भने कार्यक्रममा युएईमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ। मिडिया पार्टनर्समा रातो पाटी,न्युज व्युरो,मोफसल,प्रवासी अनलाइन,प्रस्ट कुरा,डिसि नेपाल र अञ्जुली अनलाइन टिभी रहेको छ। कार्यक्रमको मुख्य* उद्देश्य युएईमा क्रियाशिल संघ संस्था लाई एकाबद्ध गराइ कार्यक्रम बाट उठेको रकम युएईकै विभिन्न समस्यमा परेका नेपालीहरूका लागि सहयोग गर्ने रहेको नेपाली समाज युएईका अध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्र प्रसाद सापकोटाले बताउनु भएको छ भने यो ऐतिहासिक कार्यक्रममा सहभागिता भइ कार्यक्रम सफल पारि दिनको लागि सातै वटा राज्यमा छरिएर रहेका आदिवासी जनजाति र गैर आदिवासी जनजाति लाई संयुक्त कार्यक्रम समारोह आयोजक समितिका सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाले अग्रह समेत गर्नु भएको छ। कार्यक्रममा वर दुबई देखि कार्यक्रम स्थान सम्म नि:शुल्क यातायातको समेत व्यवस्था गरिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...