म्यानमारमा बौद्दमार्गी माथि गोलि चलाउंदा ७ जनाको मृत्यु |

विदेश

म्यानमारमा बौद्दमार्गी माथि गोलि चलाउंदा ७ जनाको मृत्यु |

जनवरी १७ काठमाडौँ :- म्यानमारको तनावग्रस्त रखाइन राज्यमा प्रहरीले बौद्धमार्गी प्रदर्शनहरूमाथि गोली चलाउँदा ७ जनाको निधन भएको र १२ जना घाइते भएका छन्।आरकान वंशको अन्त्य भएको अवसरमा आयोजित वार्षिक समारोहमा रखाइन भनिने जातीय समूहका चार हजार मानिसहरू सहभागी थिए।अधिकारीहरूले उक्त र्‍यालीले जिल्लास्थित सरकारी कार्यालयमा घेराउ गरेको जनाएका छन्।उनीहरूले उक्त भिडले सरकारी हाताभित्र प्रवेश गरी प्रहरीका सवारीसाधनमाथि आक्रमण गरेको जनाएको छ।उक्त क्षेत्रमा हालैका महिनामा तनाव चुलिएको छ।

बर्माको सैनिकले दमन गरेपछि अघिल्लो वर्ष लाखौँ रोहिंज्या मुसलमानहरू म्यानमारबाट भागेर छिमेकी बांग्लादेशमा शरण लिन गएका छन्।यसअघि सोमवार मात्रै बांग्लादेश र म्यानमारले रोहिंज्या मुस्लिम शरणार्थीको फिर्तीबारेको समयतालिकामा सहमति भएको बताएका थिए।सहमति अनुसार म्यानमारले हरेक हप्ता १५ सय जना रोहिंज्या शरणार्थीलाई फिर्ता लैजाने भन्दै दुई वर्षभित्रमा शरणार्थीहरू फिर्ता भइसक्ने आशा दुवै देशले व्यक्त गरेका थिए।बांग्लादेशको सीमा क्षेत्रमा बनाइएका अस्थायी शिविरहरूमा साढे ६ लाखभन्दा बढी रोहिंज्या मुसलमान शरणार्थी बस्दै आएका छन्।

bbc


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...