बलिवुडका उदयमान गायक आदित्य नारायण झा प्रहरी हिरासतमा |

विदेश

बलिवुडका उदयमान गायक आदित्य नारायण झा प्रहरी हिरासतमा |

मार्च १३ मुम्बई :-बलिवुडका प्रख्यात गायक उदित नारायण झाका छोरा आदित्य नारायण प्रहरी खोरमा पुगेका छन् । उनलाई मुम्बई प्रहरीले एउटा सडक दुर्घटनाको सिलसिलामा गिरफ्तार गरेको हो । समाचार अनुसार उनको कार एउटा रिक्सासँग ठोक्किँदा रिक्सा चालक र त्यसमा सवार एक महिला यात्रु घाइते भएका थिए ।

आदित्य पछिल्लो पल्ट पनि एउटा निजी विमानसेवाका कर्मचारीसँग अभद्र व्यवहार गरेको भनेर चर्चामा हेका थिए । उनले ती कर्मचारीलाई ‘मुम्बई पुगेर देखाइदिने’ धम्की दिएको भिडियो सार्वजनिक भयाएको थियो ।त्यस घटना पछि उनलाई कलेज पढ्दै गर्दा पनि सुरक्षा गार्डसँग अभद्रता गरेको आरोपमा केही दिनका लागि निलम्बन गरिएको चर्चा समेत सुनिएको थियो ।

साभार :-न्युज १८

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...