मुम्बईमा विमान दुर्घटना ५ जनाको मृत्यु |

विदेश

मुम्बईमा विमान दुर्घटना ५ जनाको मृत्यु |
जुन २८ मुम्बई :- किङ् एयरको सी–९० नम्बरको चार्टर विमान मुम्बईको घाटकोपरमा दुर्घटना हुँदा विमानमा सवार ४ जना र एक पैदलयात्रीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मृतकहरुमा २ पाइलट र २ जना इन्जिनियर रहेको बताइएको छ ।विमान भिडभाड क्षेत्रमा दुर्घटनामा भएको बताइएको छ । दुर्घटना बिहीबार घाटकोपरको सर्वोदय नगरस्थित आवासिय क्षेत्रमा भएको थियो । ठूलो मानवीय क्षति नहोस भनेर पाइलटले विमानलाई निर्माणाधीन भवनतिर लगेको बताइएको छ । दुर्घटना भएको विमान भारत उत्तर प्रदेश सरकारको भएको बताइएको छ ।भारतीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उधृत गर्दै दुर्घटनापछि एक जना आगोको लप्काबाट बाहिर निस्किदै गरेको उल्लेख छ । घटनास्थलमा अग्नि नियन्त्रकको टोली पुगी सकेको र आगो नियन्त्रणको प्रयास गरिरहेका विमान दुर्घटनामा परि फसिरहेका मानिसहरुको उद्दारको प्रयास जारी रहेको पनि बताइएको छ । मुम्बई प्रहरीले घटनाबारे अनुसन्धान गर्ने बताएको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...