नेपाली राजदुताबासले हिन्दु नारीहरुको पर्व तीजको अवसरमा दर खाने कार्यक्रमको आयोजना |

विदेश

नेपाली राजदुताबासले हिन्दु नारीहरुको पर्व तीजको अवसरमा दर खाने कार्यक्रमको आयोजना |
भदौं २८ तेल अभिव :-हिन्दु नेपाली नारीहरुको पर्व हरी तालीका तीजको अवसर पारेर इजरायलमा नेपाली राजदुताबासले दर खाने कार्यक्रम सम्पन्न गरेको छ |नेपाली राजदुताबास इजरायलका महामहीम राजदुत निरञ्जन थापाको बासोस्थान हेर्जेलीयमा सम्पन्न सो दर खाने कार्यक्रममा सोचे जस्तो सहभागिता भने थिएन |अधिकांश महिलाहरु काम गर्ने इजरायलमा छुट्टी नहुने दिन भएको सहभागी कम भएको हो | मिती २०७५ भदौ २६ तदनुसार सेप्टेम्बर ११ को दिन मंगलबार ६ बजे शुरु भएको सो कार्यक्रममा नाचगान सहीत ,दर खाने कार्यक्रमको राम्रो व्यवस्था गरिएको थियो |सो कार्यक्रममा सहभागीहरुद्वारा राजदुताबासको यस कार्यक्रमले बिदेशमा भए पनि यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा खुशी ब्यक्त गर्दै धन्यवाद दिएको थियो | यसरी नै सबै राष्ट्रिय पर्वहरुमा भेदभाव नगरी राजदुताबासले बिशेष ध्यान दिने र यस्तो अवसरहरु उपलब्ध गराउनेमा इजरायलबासी नेपालीहरु बिस्वस्ता रहेका छन् |  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...