नौ दिन देखि हराई रहेका १२ फुटबल खेलाडीहरु गुफामा भेटिए,बहिरा निकाल्न कठिन |

विदेश

नौ दिन देखि हराई रहेका १२ फुटबल खेलाडीहरु गुफामा भेटिए,बहिरा निकाल्न कठिन |
जुलाई ३ थाइल्याण्ड:- थाइल्याण्डमा नौ दिनसम्म हराइरहेका १२ जना बालबालिका भेटिएका छन् । बालबालिकासँगै उनीहरुको फुटबल प्रशिक्षक पनि भेटिएका विविसीले जनाएको छ । गुफामा नौ दिनसम्म हराएका उनीहरु अहिले सकुसल रहेका त्यहाँका अधिकारीले बताएका छन् । बालबालिकालाई खोज्न नौ सेनाको विशेष दल परिचालन गरिएको थियो । थाइल्याण्डको चियांग रायमा रहेको थम लुंग गुफामा उनीहरु हराएका थिए । उनीहरु भेटिएपछि देशभर नै खुशीयाली मनाईंदैछ । तर उनीहरुलाई गुफाबाट निकाल्न चुनौती देखिएको छ । गुफामा पानीको स्तर बढिरहेकाले र हिलोका कारण बाहिर निकाल्न समस्या भएको हो । एजेन्सी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...