माछाको रगतले समुद्रनै रातो,पशु अधिकार कर्मीको आपत्ति |

विदेश

माछाको रगतले समुद्रनै रातो,पशु अधिकार कर्मीको आपत्ति |
भदौ ३ काठमाडौँ :- स्कटल्याण्डबाट ३ सय २१ किलोमिटर टाढा उत्तरी भूभागमा रहेको फअरो आइसल्याण्डमा रहेको समुद्रको तस्बिर सबैलाई विचलित पार्ने किसिमको छ । समुद्र पुरै रगतले रातो भएको छ । समुद्रमा ह्वेल माछाको शिकार गरेपछि पानीमा रगत मिसिएकाले रातो भएको हो । यो तस्बिर सार्वजनिक भएपछि पशु अधिकारकर्मीले आपत्ति जनाएका छन् । माछा सामूहिक रुपमा एउटा खाल्डोमा जम्मा भएका बेला उनीहरुको हत्या गरिएको थियो । सरकारका अनुसार यो तस्बिर आइल्याण्ड अफ वेगरको जुलाई ३० तारिखको हो । जुन ह्वेलको हत्या गरिएको थियो त्यसलाई पाइलट ह्वेलको नामले चिनिन्थ्यो । यो द्वीपमा हरेक वर्ष गर्मी सिजनमा मानिसहरु शिकार गर्न आउने गर्छन् । यस प्रकारको शिकार यहाँका लागि वैध मानिने गरिएको छ । रगतले रातो भएको यस समुद्रको तस्बिरको सामाजिक सञ्जाल ट्वीटरमा अत्यधिक चर्चा भइरहेको छ । ब्रिटेनको एक ग्रुप ब्लू प्लानेट सासाइटीले यसको कडा निन्दा समेत गरेको छ । प्लेनेट सोसाइटीले फअरो आइसल्याण्डलाई अराजक देशको संज्ञा दिएको छ । यस ग्रुपले फअरो आइसल्याण्डलाई २१ औं शताब्दीमा समावेश हुन आवश्यक रहेको समेत बताएको छ । यो ग्रुपले आफ्नो ट्वीटमा लेखेको छ ‘यिनीहरुको मनमा आदर र सहानुभूति छैन । यो यिनीहरुका लागि मनोरञ्जन हो ।’ सरकारले पनि यो उनीहरुको जिवनको हिस्सा भएको बताएको छ । यहाँको सरकारले सीएनएनलाई दिएको बयानमा यो आरोप खारेज गरिएको छ कि ह्वेललाई कुनै अनुष्ठानका लागि मारिएको हो । पाइलट ह्वेलको मासु आइल्याण्डमा राष्ट्रिय भोजन जस्तै हो । सरकारका अनुसार उनको देशमा मानिसले पाइलट ह्वेलको मासु निकै सजिलै पाउने गर्छन् । एउटै ह्वेलमा कयौँ किलो मासु मिल्ने गर्छ । यस द्वीपमा प्रत्येक वर्ष सयौँ ह्वेल मारिने गरेका छन् । यो डेनमार्कको एक हिस्सा हो तर यसलाई एक अलग देशका रुपमा स्वायत्त मिलेको छ यसकारण यहाँ डेनमार्कको इयूको नियम लाग्दैन । सरकारको तथ्यांक अनुसार यस देशमा करिब ५० हजार मानिस बस्ने गरेका छन् । पाइलट ह्वेल लोप हुन लागेको माछा होइन । सन् २०१२ मा गरिएको अध्ययन अनुसार फअरो आइसल्याण्डमा पाइलट ह्वेल मार्दा यसको अस्तित्व अहिले नै संकटमा रहेको छैन । बीबीसी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...