कन्चनपुरमा सिडिओ र एसपी हटाए ,ससचिवको नेतृत्वमा समिति गठन |

अन्य

कन्चनपुरमा सिडिओ र एसपी हटाए ,ससचिवको नेतृत्वमा समिति गठन |
भदौं ७ काठमाडौं:- किशोरीको बलात्कारपछि हत्या घटनालाई लिएर तनाव बढ्दै गएपछि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) लाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । यस्तै डीएसपी ज्ञानबहादुर सेठीलाई पनि प्रहरी प्रधान कार्यालय काठमाडौं झिकाइएको छ । गृह स्रोत अनुसारप्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र एसपीदिल्लीराज विष्टलाई सरुवा गरिएको हो। सिडिओ खड्काको ठाउँमा तारानाथ अधिकारी, एसपी विष्टको ठाउँमा कुबेर कठायतलाई पठाइएको छ। साथै घटनाबारे छानविन गर्नका लागि गृह मन्त्रालयले बिहीबार छानविन समिति गठन गरेको छ। सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो। समितिमा प्रहरी नायव महानिरीक्षक, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश ७ को प्रतिनिधिसमेत रहने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...