नेपाली राजदुताबासको आयोजनामा नेपाल राष्ट्रिय दिवस मनाउने तयारि ।

विदेश

नेपाली राजदुताबासको आयोजनामा नेपाल राष्ट्रिय दिवस मनाउने तयारि ।
अगस्ट २९ इजरायल:-इजरायलमा नेपाल राष्ट्रिय दिवसलाई भब्य रुपले मनाउने भएको छ । आज दिनको ठिक १ बजे देखि तेल अविभ स्थित नेपाली राजदुताबासमा सम्पन्न भएको बैठकमा ३२ संघ/ सस्थाहरु मध्ये धेरै संघ सस्थाका प्रतिनिधि उनुपस्थित रहेका थिए ।नेपाली राजदुताबासले नेपाली राजदुताबासका महामहिम राजदुत निरन्जन थापाको अध्यक्षतामा राष्ट्रिय दिवस मूलआयोजक समिति गठन गरिएको छ ।यसमा इजरायलमा रहेका र नेपाली राजदुताबासमा सुचिकृत भएका संघ सस्थाहरु यस समितिमा सदस्य रहनेछ।  

नेपालमा संबिधान जारि भएको दिन अशोज ३ गते (सेप्टेम्बर १९- २०१७ )मा नेपाल राष्ट्रिय दिवसको रुपमा मनाउना लागिएको हो ।यस कार्यक्रममा सुचिकृत भएका संघ /सस्थाका अध्यक्ष वा प्रतिनिधि अनिबार्य उपस्थित हुनुपर्ने र सम्पूर्ण नेपालीहरुलाई उपस्थिति गराउने बारे बैठकले महत्वपूर्ण निर्यण गरेको छ । सास्कृतिक कार्यक्रमका लागि नव निर्बाचित एनआरएन इजरायलका आइसिसिका सदस्य दिपक प्रसाद ओलीको संयोजकत्वमा उपस्थित संघ सस्था प्रतिनिधि सदस्य रहने गरि सास्कृतिक उपसमिति गठन समेत गरिएको छ ।सो कार्यक्रममा उपस्थिति हुनचाहनु हुने संघ /सस्थाका प्रतिनिधि तथा नेपालीहरुले सेप्टेम्बर ११ सम्म नाम टिपाई सक्नु पर्नेछ ।

gop


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...