आदिबासी जनजाती महासंग इजरायलको छैठौ बार्षिक उत्सव भव्यरुपले मनाउने |

मूलबासि /भूमिपुत्र    विदेश

आदिबासी जनजाती महासंग इजरायलको छैठौ बार्षिक उत्सव भव्यरुपले मनाउने |
मे २७ इजरायल :-नेपाल आदिवासी जनजाती महासंघ, इजरायलले छैठौं बार्षिक उत्सव तथा साधारण सभा भब्य रुपले मनाउने भएको छ | बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि धुमधामसंग पहिचान झल्काउने बहु राष्ट्रिय भेषभुषामा सांस्कृतिक प्रस्तुति सहित छैठौं बार्षिक उत्सव तथा साधारण सभा कार्यक्रम आगामी जुन १५ यसोदमाला ४४ तेल अभिवमा गर्ने भएको महासंघका महासचिव नानीमाया योन्जन तामाङले जानकारी दिनु भएको छ | इजरायलमा समयको अत्यन्तै अभाव भएकोले बार्षिक उत्सव कार्यक्रम समापन पश्चात सोहि दिन साधारण सभा गरिने बारे पनि वहाले जानकारी दिनु भयो | महासंघको आन्तरिक विभिन्न गतिविधिहरु सुधार, नेतृत्व चयन, परिमार्जन, नियमावली थपघट/ संशोधन जस्ता सदस्यता वितरण जस्ता कार्यहरु गर्नुपर्ने भएकोले नेपाल आदिवासि जनजाति महासंघ संघिय सचिवालयमा आवद्ध संगठन तथा केन्द्रिय विधानको अनुसूची ६ मा सुचिकृत (आबद्व) संस्थाहरुको प्रवास शाखा इजरायलमा रहेका तथा स्थापनाको घडीमा रहेका संस्थाहरुले आगामी जुन २ तारिख २०१८, शनिबार अपरान्ह ३:१५ भित्र निम्न सम्पर्क नम्बरहरुमा सदस्यता लिन आवश्यक प्रक्रिया बारे जानकारी लिन वा दिन सम्बन्धित सबैलाई नेपाल आदिवासी जनजाती महासंघ, इजरायलद्वारा आह्वान गर्दै उक्त कार्यक्रमलाई भब्यताका साथ सफल बनाउन इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलार्इ यहाहरूकाे उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ ।

सम्पर्क :- महासचिव :- नानीमाया योन्जन तामाङ ०५४८१७१५३२ सचिव :- समिर स्याङबा ह्योल्मो ०५८७८३६७६० नेआज महासंघ, इजरायल

कार्यक्रम हुने मिति, स्थान र समय - मिति:- १५ जुन २०१८ शुक्रबार स्थान :- यसोदामाला - ४४ समय:- ७ बजे साँझ


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...