देशबिदेशका घले समुदायले माघ १ गते ल्होसार मनाउना लम्जुंग जाने |

मूलबासि /भूमिपुत्र

देशबिदेशका घले समुदायले माघ १ गते ल्होसार मनाउना लम्जुंग जाने |

जनवरी  ११ पोखरा :-देशबिदेशमा छरिएर रहेको घले समुदाय यसपटकको घले ल्होसार मनाउन लमजुङमा मनाउने भएको छ । लिल फङ (घले समाज) लमजुङले आयोजना गर्न लागेको बृहत् कार्यक्रमका लागि देशभरीका घले लम्जुंग आउने कार्यक्रम रहेको छ |च्य ल्हो (चरावर्ग)लाई बिदाई र खि–ल्हो (कुकुर वर्गलार्ई) स्वागत गर्दै माघ एक गते हुने सो कार्यक्रमलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने लिल फङ (घले समाज) ले जनाएको छ । समाजले मंगलबार बेसीशहरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।

बेसीशहरको फुलबारी मञ्चमा हुने कार्यक्रम शेराबजारबाट विभिन्न भाँकी, र्यालीसहित प्रदर्शन, विभिन्न ठाउँहरूको घाटु, सोरठी, स्यारका नाच प्रदर्शन तथा समुदायका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको लिल फङ लमजुङका अध्यक्ष वीरसिंह घलेले जानकारी दिए । साभार :-नया पत्रिका

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...