प्रस्तावित ४ र ५ प्रदेशको नामाकरण ‘मगरात ‘राख्ने पहल गर्ने निर्णय गर्दै नेपाल मगर संघ केन्द्रको बैठक सम्पन्न |

मूलबासि /भूमिपुत्र

प्रस्तावित ४ र ५ प्रदेशको नामाकरण ‘मगरात ‘राख्ने पहल गर्ने निर्णय गर्दै नेपाल मगर संघ केन्द्रको बैठक सम्पन्न |

मार्च ५ काठमाडौँ :- प्रस्तावित ४ र ५ नम्बर प्रदेशको नामाकरण “मगरात” गराउनका लागि दबाब दिने बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको छ । नेपालमा क्रियाशील सबै पार्टी सम्बद्ध मगर संगठनहरुको साझा मंच संयुक्त मगर मंच नेपालको नियमित बैठक नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नबीन रोका मगरको अध्यक्षतामा हिजो बसी उक्त निर्णय गरिएको हो ।

नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगरका अनुसार वैठकले समसामयिक बिषयमा विभिन्न निर्णय गरेको छ । फागुन २१ गते बिहान प्रमुख पार्टीका प्रभावशाली मगर नेताहरु संग भेट्ने र दिउँसो प्रतिनिधि सभा र राष्ट्रिय सभाको मगर माननीयहरुसंग भेटघाट गरि प्रस्तावित ४ नम्बर र ५ नम्बर प्रदेशको नामाकरण “मगरात” गराउन पहल गर्ने, फागुन २२ गते मगरातको सवाललाई स्मरण गराउन प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल संग भेटघाट गर्ने, फागुन २४ गते प्रदेश नम्बर ५ को प्रमुख, मुख्यमन्त्री र सभामुखलाई भेट्ने र मगर माननीयहरु संग छलफल अन्तरक्रिया गर्ने, फागुन २५ गते प्रदेश नम्बर ४ को प्रमुख, मुख्यमन्त्री र सभामुखलाई पुनः भेट्ने र मगर माननीयहरु संग छलफल अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

त्यसैगरी संयुक्त मगर मंच नेपालको संयोजन नेपाल मगर संघले गर्दै प्रदेश तह, जिल्ला र गाउँ र नगर तहसम्म मंचको संगठन बनाउने निर्णय समेत गरेको छ । बैठकले मंचका संयोजक पुर्णलाल घर्तिमगरको दुखद निधनप्रति शोक प्रकट गर्दै उहाँप्रति हार्दिक समवेदना ब्यक्त गरेको छ । त्यसैगरी पहिचानको यस अभियानलाई सहयोग गर्नुहुने सम्पूर्ण पार्टीका नेताहरु, माननीयहरु, आर्थिक नैतिक भौतिक सहयोग दाताहरु, अभियानताहरु सबै सबैलाई सहयोगका लागि हार्दिक आह्वान समेत गरेको छ ।

वैठकले मगर पोशाकमा उपस्थित भएर मगर भाषामा सपथ ग्रहण गर्नुहुने मगर माननियहरुलाई धन्यवाद समेत दिएको नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगरले बताए ।

साभार :-नाइस मिडिया नेटवर्क


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...