पोखराको फेवातालमा कार खस्यो ,४ जना घाइते ।

अन्य

पोखराको फेवातालमा कार खस्यो ,४ जना घाइते ।
मार्च ९ पोखरा :- पोखराको फेवातालमा सोमबार कार खस्दा  ४ जना घाइते भएका छन् ।खपौदीबाट लेकसाइड तर्फ आउदै गरेको ग २ च ६९१२ नम्बरको कार सोमबार बिहान रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर तल तालमा खस्दा चालक सहित ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा लेकसाइड बस्ने करीब ३२ बर्षीय चीरण बस्नेत, ३० /३१ बर्षका संजय यादव, चालक ३७ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेको ट्राफिक कार्यालय बैदामका प्रहरी सहायक निरीक्षण बिष्णु बहादुर पल्ली मगरले जानकारी दिए ।होली मनाएर फर्कने क्रममा कार दुर्घटनामा परेको बताइएको छ । कार चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जनाएको छ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...