कि. रा. या. नेपाल इजरायलको आयोजनामा ”साकेला सिली येलेदुंग ५०७७ ”भब्य रुपले मनाउने |

मूलबासि /भूमिपुत्र    विदेश

कि. रा. या. नेपाल इजरायलको आयोजनामा ”साकेला सिली येलेदुंग ५०७७ ”भब्य रुपले मनाउने |
अप्रिल ५ इजरायल :- किरात राई यायोख्खा नेपाल इजरायलद्वारा मुलबासी किराती राई जातिहरुको आफ्नो मौलिक संस्कृतिक पहिचान बोकेको राष्ट्रिय महान चाड यले दोङ् ५०७८ को उभौली साकेला (प्रकृतिक) पुजा भब्य रुपले मनाउने भएको छ |यहि आउँदो ११ मे २०१८ (शुक्रबार) साँझ ” विश्वका किराँत राईहरु एक हौ,आफ्नो भेषभुषा ,भाषा ,लिपी,कला संस्कृति ,संरक्षण र सम्बर्धन गरौ ” भन्ने मुल नाराको साथ तेलअविव शहर स्थित तखना मर्गजितको तेश्रो तल्लामा रहेको हलमा हुने भनिएको सो कार्यक्रममा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त गायक तथा संगीतकार भिषण मुकारुङ राई , नब उदयमान गायक तथा मोडेल इसक राई टेलिभिजन प्रस्तोता तथा फोटो पत्रकार सुरज राई आउनु हुने भएको छ | वहाँहरुको दमदार प्रस्तुतिसंगै कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा मौलिक संस्कृति झल्काउने प्रस्तुतिहरु दिनुहुनेछ | कार्यक्रममा उपस्थित हुनाको लागि इजरायलवासी सम्पूर्ण नेपाली महानुभावहरुलाई किरात राई यायोख्खा नेपाल इजरायलद्वारा हार्दिक अनुरोध गरेको छ | यस अघि कार्यक्रम ईभ पार्टी हलमा १८ मे गर्ने भनिएको भए पनि विविध कारणबश (११ मे २०१८ ) एक हप्ता अघि हुने भएको जानकारी आयोजकले दिएको छ,यसबाट पर्न गएको असुविधा प्रति क्षेमा मागेको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...