नेपाल मगर संघ इजरायलले पाँचौ बार्षिकोत्सव भब्य रुपले मनाउने |

मूलबासि /भूमिपुत्र    विदेश

नेपाल मगर संघ इजरायलले पाँचौ बार्षिकोत्सव भब्य रुपले मनाउने |
जुलाई ३ तेल अभिब :- मगर समुदायको आफ्नो भाषालिपी , धर्म , कलासंस्कृति ,भेषभुषा , इतिहास लगायत आफ्नो पहिचानको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले बिदेशी भूमिमा  स्थापित नेपाल मगर संघ शाखा इजरायलले ''भेषभुषा ,भाषा ,धर्म ,संस्कृतिको संरक्षण एबम विश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता " भन्ने मूल नाराको साथ् आफ्नो स्थापना दिवसको अवसर पारेर पाँचौ बार्षिकोत्सव तथा तेस्रो अधिबेशन भव्य रुपले मनाउने तयारी गरिरहेको छ |नेपाली राजदुताबासको प्रमुख आतिथ्यतामा १३ जुलाई २०१८ शुक्रबार तेल अभिव स्थित लेबन्दा - ३२ मा हुन गईरहेको कार्यक्रममा बिभिन्न संघ सस्थाहरुको उपस्थिति हुने संघकी महासचिव जमुना थापा ज्युले फिष्टेल न्यूजलाई जानकारी दिनु भएको छ | कार्यक्रममा मगर समुदायको पहिचान र संस्कृति झल्किने नृत्यहरु सहित रात्री भोजको आयोजना गरेर भब्य रुपले मनाउने तयारी भएको वहाले जानकारी गराउनु भयो | पाँचौ बार्षिकोत्सव तथा तेस्रो अधिबेशन कार्यक्रममा संघको संगठानिक प्रतिबेदन , आर्थिक प्रतिबेदन तथा संघको बिधान उपर छलफल गरि भाबी योजनाहरुको बारेमा प्रस्तुत गरिनेछ |उक्त कार्यक्रमलाई भव्यताको साथ सफल पार्नको लागि आफनो जातीय मगर पोशाकमा उपस्थित भईदिनको लागी इजरायलमा रहनु भएका कार्यरत सम्पूर्ण इजरायलबासी दाजुभाई, दिदीबहिनीहरुलाई सहभागी भई कार्यक्रम सफल पारिदिनु हुन संघले हार्दिक निमन्त्रणा सहित हार्दिक अपिल गरिएको छ | नेपाल मगर संघ इजरायल स्थान :-लेबन्दा - ३२ तेल अभीव मिति :-१३ जुलाई २०१८ शुक्रबार समय :-साँझ ७ बजे

नोट :- नेपाल मगर संघ इजरायलले आयोजना गरेको भाग्यशालि चिठ्ठा उपहार योजना खोलिनेछ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...