कतारमा तमुहरुको राष्ट्रिय पर्व फो ल्होसार भब्य रुपले मनाउने |

मूलबासि /भूमिपुत्र    विदेश

कतारमा तमुहरुको राष्ट्रिय पर्व फो ल्होसार भब्य रुपले मनाउने |
मंसिर २६ दोहा :-” प्ये म्हस्या छ्या म्हामु, छ्य म्ह्स्या ल्हु म्हामु, ल्हु म्हास्या म्ही म्हामु ''तमु समुदायको राष्ट्रिय पर्व ल्होसार दोहाको कतारमा पनि भब्य रुपले मनाउने तयारी गरेको छ |आफ्नो संस्कार, संस्कृति, धर्म, भाषा र भेषभुषाको संरक्षणमा अग्रसर बनौं , (गुरुङ) जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु प्ये ताँ ल्हु ताँ को संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन बिकासको निम्ति स्थापित तमु प्ये ल्हु संघ केन्द्रिय कार्यसमिति पोखराको मातहतमा प्रबास शाखा कतारको आयोजनामा तमु जातिको महान पर्व फो-ल्होसारको (पौष १५) को पुनित अबसरमा फो-ल्होसारको शुभकामना आदान प्रदान तथा नेपालबाट आमन्त्रित अतिथि कलाकारद्वय सहित यहि आउदो ११ जनवरी २०१९ शुक्रबारको दिन ठिक ११ बजेबाट दोहाको गल्फ होराइजोन होटलको सभा हलमा "फो-ल्होसार बिशेष कार्यक्रम २०१९" मनाउन गईरहेको ल्होसार कार्यक्रम संयोजक कार्यक्रम सी. बि. थिम्जे तमुले जानकारी दिनु भएको छ | कार्यक्रमलाई सब्य र भब्य रुपमा सफल बनाउनको निम्ति कतारमा स्थापित विभिन्न संघ, सस्थाका प्रमुखज्युहरु, सुभचिन्तक, समाजसेवी एबम सम्पुर्ण तमु तमुस्यो साथै, नेपाली दाजु-भाइ, दिदी-बहिनी र मान्यजन ईष्टमित्रहरुलाई उपस्थित भै कार्यक्रमको शोभा बढाई दिनुहुनको लागि तमु प्ये ल्हु संघ कतार परिवार हार्दिक अनुरोध सहित निमन्त्रणा गरिएको छ ।

कार्यक्रमका आकर्षकहरु :- १) ल्हो (बर्ग) अनुसार ल्हो बिदाई र ल्हो अगमन हुने ब्यक्तिहरुलाई खेगी चिबाहरु द्वारा रुपा लगाई स्याई स्याई कार्यक्रम । २) तमु जातिको मौलिक्ता झल्कने खेगी चिवा गुरुहरुद्वारा आशिमाला र झाँकी नृत्य प्रस्तुति । ३) नेपालबाट पाल्नु हुने अथिति कलाकारहरु तमु प्ये ल्हु संघ केन्द्रिय युबासमितिको महासचिब तथा गुरुङ चलचित्र निर्देशक सुश्री पवित्रा प्हच्यु तमुस्यो र तमु प्ये ल्हु संघ लमजुङ्ग जिल्ला शाखाको सक्रिय सदस्य, मोडेल तथा नृत्य निर्देशक सुश्री भारती घले ज्युहरुबाट आ-आफ्नो बिधामा बेजोड प्रस्तुती । ४) संघका सांस्कृतिक बिभागको स्थानिय कलाकारहरु द्वारा सांस्कृतिक कार्यक्रम ।

कार्यक्रम हुने मिति, समय र स्थान:- मिति :- जनवरी ११ तारीख २०१९ शुक्रबार । समय :- बिहानको ११ बजे बाट । स्थान :- गल्फ होराइजोन होटलको सभा हलमा, फिलिपिनी मार्केट, दोहा - कतार

थप जानकारीको लागी सम्पर्क नम्बरहरु:- रबिन्द्र प्ल्हे तमु – 33403831, 33090512, रन्जीत क्रोम्छे तमु - 30059318, युद्धजंग प्हच्यु तमु – 74764521, चन्द्र ल्हेंगे तमु - 77413616, 55180718, राजेश टु क्ल्हेप्री तमु – 33164018, सारा लेम तमुस्यो – 33846070, शिवराज च्हाक्ली तमु – 33326044, पूर्ण कोह्ला तमु – 66770763, अमर ल्हेंगे तमु -33452070, प्रितम ल्हेंगे तमु – 77910580, केशु ल्हेंगे तमु – 55082032, 30523578, देव चहम्रु तमु - 55303880

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...