माघी पर्व अष्ट्रेलियामा पहिलो पटक भब्य रुपले मनाउने तयारी |

मूलबासि /भूमिपुत्र    विदेश

माघी पर्व अष्ट्रेलियामा पहिलो पटक भब्य रुपले मनाउने तयारी |
मंसीर २४ सिड्नी :-थारु समुदायको नयाँ वर्ष माघी अष्ट्रेलियाको सिडनीमा पहिलोपटक मनाउने भएको छ। थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा थारु समुदायको पहिचान बोकेको पर्व माघी भब्य रुपले विभिन्न कार्यक्रम गरी मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिनु भएको छ | वहाका अनुसार माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नीको टेम्पो पार्कमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम आयोजना हुनेछ।कार्यक्रममा थारु साँस्कृति नृत्यसहित थारु खानाका परिकार राखिनेछ। थारुका अलवा अन्य समुदायको पनि कार्यक्रममा सहभागिता रहने चौधरीले जानकारी दिए।यस कार्यक्रममा सिड्नीबाहेक अन्य राज्यमा बस्ने थारुहरु पनि कार्यक्रममा सहभागी हुनसक्ने आयोजकले बताइएको छ।

आयोजक :- थारु सोसाइटी अष्ट्रेलिया मिती :-जनवरी १५ २०१९ मंगलबार समय :-बिहान ११ बजे देखी ७ बजे सम्म स्थान :-टेम्पो पार्क सिड्नी अष्ट्रेलिया

 

सम्पर्क :-(अध्यक्ष) दीपनारायण चौधरीलाई ०४११६८८७९८ , पब्लिक अफिसर अरुण चौधरी ०४०१४३५९५९


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...