बिद्यार्थीलाई कानको जाली फुट्ने गरी कुट्ने शिक्षकको रिहाईको माग गर्दै बिद्यालय बन्द |

अपराध

असोज १६ कावासोती :-नवलपुरको बुलिङ्टार गाँउपालिकाको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओम कुमार श्रेष्ठको रिहाईको माग गर्दै बुलिङटार क्षेत्रका सबै विद्यालयको पठनपाठन ठप्प पारिएको छ । विद्यालयमा ढिला आएको भन्दै कक्षा १० मा अध्ययरत विद्यार्थी खुमान सार्की नेपालीलाई कानको जाली फुट्ने गरि कुट्ने प्रधानाध्यापक श्रेष्ठको रिहाईको माग गर्दै ने. शि. संघ बुलिङटारले आजदेखि विद्यालयको पठनपाठन ठप्प पारेको हो । ने. शि. संघले आज देखि १८ गते सम्म विद्यालयको पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । गत असोज २ गते कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमानलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक श्रेष्ठले कानको जाली फुटाइदिएका थिए । पिडित खुमानका बुवा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय नवलपुरमा असोज ५ गते किटानी जाहेरी दिएपछि आरोपित प्रधानाध्यापक श्रेष्ठलाई प्रहरीले असोज ११ गते पक्राउ गरि म्याद थप गरेको छ । नवलपुर प्रहरीले पीडितको उजुरीका आधारमा असोज ११ गते श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको हो ।अदालतबाट ८ दिनको म्याद थप गराएर श्रेष्ठमाथी कुटपिट एवं अंगभंग गर्ने महलमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय नवलपुर मुद्दा शाखाका प्रहरी नायव निरीक्षक टीकाराम पोखरेलले जानकारी दिनुभयो । घाईते खुमानको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । भरतपुर अस्पतालका नाक, कान घाँटी रोग विज्ञषेश डा. रमेश भण्डारीका अनुसार प्रधानाध्यापकको कुटाइबाट खुमानको कानको जालीमा क्षति पुगेको छ । उनको सुन्ने क्षमतामा समेत कमी आएको डा. भण्डारीको भनाइ छ । यसअघि नेपाल शिक्षक महासंघ नवलपुरले प्रद्यानध्यापक श्रेठलाई पक्राउ गरिएकोमा आपत्ति जनाउदै प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...