संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला सहित ३ जना पक्राउ |

अपराध

संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला सहित ३ जना पक्राउ |
असोज ५ काठमाडौं :-संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला १ थान सहित ३ जनालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ बस्ने ५५ वर्षीय शेलबहादुर तामाङ, धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका–१ वस्ने ३४ वर्षीय बुद्धिमान तामाङ र कास्की पोखरा महानगरपालिका–२४ बस्ने ४५ वर्षीय सालिक राम सुवेदी रहेका छन् । अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने सूचना प्राप्त भएपछि व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थमार्गबाट उनीहरुलाई उक्त छाला सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीको लागि शुक्रबार डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...