पोखराको सेती नदि आत्मा हत्या गर्ने सजिलो ठाउँ बन्दै ,फेरि एक युवक हाम्फाले |

अपराध

पोखराको सेती नदि आत्मा हत्या गर्ने सजिलो ठाउँ बन्दै ,फेरि एक युवक हाम्फाले |
श्रावन १३ पोखरा :- सेती नदिमा गत सातामात्रै तीन हप्ताको निरन्तर खोजीपछि पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलको शव तनहुँमा भेटिएको थियो,भने फेरि पोखरा सभागृह गेट नजिकै व्यवसाय गर्दै आएका फणिन्द्र ढुंगाना वेपत्ता भएका छन् । उनी वेपत्ता भएपछि प्रहरी फेरि सेती खोँचमै केन्द्रित भएको छ । इभा ट्रेडर्सका संचालक ३५ वर्षीय ढुंगाना शनिबार बेलुकीदेखि सम्पर्कविहीन भएका हुन् । कास्की धिताल घर भएका ढुंगानाका श्रीमती, छोरी र एक महिनाको छोरो छ । स्कुटर लिएर निस्केका ढुंगाना त्यसपछि घर फर्केनन् । पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि उनको को २३ प ५७६८ नम्बरको स्कुटर फेला परेको ढुंगानाको पसल नजिकैको स्थानीयले बताए । उनको स्कुटरमा एउटा चिठ्ठी समेत फेला परेको छ । पुल नजिकै स्कुटर बेवारिसे अवस्थामा फेला पर्नु, त्यसमा परिवारका लागि सानो पत्र लेखेको भेटिनु र एक स्थानिय युवाले आफूले एक पुरुष देखेको घटना सुनेपछि त्यहि पुलबाट हाम फालेको हुन सक्न आशंका गरिएकोछ ।पत्रमा पनि बाहिरी मानिसको व्यवसायिक (मिटर ब्याज ) टर्चरले आत्मा हत्या गर्न परेको उल्लेख गरेका छन् । यसैबीच, पोखराको चोर साँघुबाट मानिस हामफालेको आशंकामा नेपाल प्रहरी तथा सशस्त्र टोलीको रेस्क्यु टिमले खोजिकार्य शुरु गरेको छ । स्थानियका अनुसार चोर साँघु पुल नजिकै एक पुरुषले स्कुटर रोकेर पुलमा आएर चुरोट पिउँदै गरेको र पछि पुलबाट केही खसे जस्तो आवाज आएपछि त्यहाँ हेर्दा मान्छे देखिएन | १० ,१२ जनाको रेस्क्यु टोलीले झन्डै साढे ३ घण्टासम्म प्रयास गर्दा केहि पत्तो लागेन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...