वालिङ्गमा एक जीप मजदुरले टाउकोमा ईट्टाले हानेर ३ तोलाको सिक्री लुटे |

अपराध

वालिङ्गमा एक जीप मजदुरले टाउकोमा ईट्टाले हानेर ३ तोलाको सिक्री लुटे |
असोज १६ पोखरा :-स्याङ्जा वालिङ न.पा. वडा नं ३ राम्चेका अन्दाजी २६ बर्षका प्रसाद गुरुङले स्याङजा वा.न.पा.१ रामबाच्छा स्थित घरमा पसी ७६ वर्षीया तलसरी गुरुङलाई इट्टाले टाउकोमा प्रहार गरि घाटीमा लगाएको ३ तोलाको सुनको सिक्रि लुटि फरार भएको छ । उक्त घट्ना बारे स्थानियले वडा प्रहरी कार्यलयमा जानाकारी दिए सँगै उनलाई वडा प्रहरी कार्यलय बाट खटिएका टोलीले पोखरा भाग्दै गर्दा लुटिएको सुनको सिक्री सहित वयरघारीमा पक्राउ गरेका छन् ।प्रकाउ परेका प्रसाद गुरुङलाई व.प्र.का. वालीङले आफ्नो नियन्त्रणमा राखिएको छ भने घाईते भएका पिडित तलसरी गुरुङलाई तत्काल उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ स्याङजामा राखिएको छ । उनको टाउकोमा गहिरो चोट लागेको वडा प्रहरी कार्यालय वालीङले जानाकारी दिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...