नर्भिक अस्पतालको गम्भीर लापरबाही देब्रे खुट्टाको अपरेसन गर्नु पर्नेमा दाहिने खुट्टा काटे |

अपराध    स्वास्थ्य

नर्भिक अस्पतालको गम्भीर लापरबाही देब्रे खुट्टाको अपरेसन गर्नु पर्नेमा दाहिने खुट्टा काटे |

फेब्रअरी २३ काठमाडौँ :- काठमाडौँ नर्भिक अन्तराष्ट्रिय अस्पतालले उपचारका क्रममा गम्भीर लापरबाही गरेको भेटिएको छ । अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी चितवन निवासी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरिदिएको छ ।चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आइपुगेका थिए ।रिपोर्ट हेरेपछि डा. प्रविण नेपालले भ्याङ रहेको भन्दै अपरेशन गर्नु पर्ने राय दिए ।उनी आफैं हिडेर अस्पताल गएकी थिइन् । तर, डा. नेपालले अपरशेन गर्नु पर्ने दोहोर्‍याए ।

अपरेशन गर्नुअघि परिवारका सदस्यले फेरि MRI गरौ भन्ने लागेकाले डाक्टरको सल्लाह मागेका थिए तर, डा. नेपालले पटक पटक MRI नगरौं आरसस्टोपी गरेर हेर्छु भने अनुसार नै भएको थियो | शुक्रबार विहान अस्पताल भर्ना भइन् र अपरेशन कक्षमा झण्डै चार घन्टा राखियो । अपरेशन लगतै भेट्न दिइएन, जुन स्वभाविक हो । तर, कस्तो छ भन्दा डाक्टरले राम्रो भएको सुनाए ।

जब आफन्तले भेट्न पाए, विरामीले अपरेशन गरेको खुट्टा देखाउँदा परिवारका सदस्यहरु छाँगाबाट खसे झै भए । देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरेछन् ।विरामीका आफन्तका अनुसार सुरुमा त चिकित्सकले गल्ती स्वीकार गर्न आनाकानी गरेका थिए । डा. प्रविण नेपालले अपरेशन रुममा गएर हेर्दा देब्रेभन्दा दाहिनेमा धेरै समस्या देखेँको , त्यसैले त्यसकै अपरेशन गरेको स्वीकार गरेको थियो |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...