खिलुंग कालिका एग्रोको लापरबाहीको कारण आंधिखोलाको माछा मरे |

अपराध

मे ६ पोखरा सम्बत्दाता :-स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका वार्ड नम्बर ७ मा सञ्चालित खिलुङकालिका एग्रो प्रालिले फर्म बाट निकालिएको जथाभावी कुखुराको सुलि अाधिखोलामा फाल्दा अाधिखोलामा भएका माछाहरुमा समस्या देखिएको छ ।  राति शुलि जम्मा गरिएको स्थान तुलसिभञ्याङ्ग भन्दा तलको पोखरीबाट कालो लेदो सहितको शुलि राति ११ बजे खोलेर अाधिखोलामा मिसाईदिए पछि अाज पोखरी भन्दा तल अाधिखोलामा रहेका माछाहरु मरेका छन । एग्रोले गरेको लापरबाही लाई लिएर जिल्ला प्रशासन लगाएतका कार्यलयमा स्थानीय केहि महिना अगाडि पुगेपनि प्रशासनले वेवास्ता गरेको थियो भने केही समय अगाडि विप्लव माअोबादीले त्यो स्थानमा एग्रो नखोल्न भन्दै जग्गा कब्जा समेत गरेको थियो |तर सञालकहरुले प्रशासन सगको मिलिमतोमा खोलाको समेत जग्गामा मिचेर निजि फर्म सञ्चालन गर्दै अाईराखेका छन,सोहि फर्म बाट फालेको फोहोर शुलिले अाधिखोलाका माछा धमाधम मर्न थालेपछि अाधिखोला अासपासका जनताले एग्रो बन्द गर्न भन्दै चेतावनी दिएका छन । तर सम्बन्धित निकाय / पक्षको ध्यान अहिले सम्म गएको छैन |यस एग्रोले पुर्याएको बाताबरणिय़ असरको क्ष्येति पूर्ति सहित अग्रो तुरुन्त बन्द गर्नु पर्ने स्थानीयहरुको माग छ |    

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...