हेम्जाबाट अवैध ढुंगा उत्खनन गर्ने कम्पनीले तिरे २ लाख ,२० हजार जरिवाना |

अपराध

हेम्जाबाट अवैध ढुंगा उत्खनन गर्ने कम्पनीले तिरे २ लाख ,२० हजार जरिवाना |
भदौं ७ पोखरा :-पोखरा २५ हेम्जास्थित सेतीनदी किनारबाट अवैध रुपमा ढुंगा उत्खनन् गर्ने जेसिबी र ट्रिपरलाई पोखरा महानगरपालिकाले जरिवाना गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ढुंगा पोखरातर्फ ल्याइरहेका ट्रिपरलाई नियन्त्रमा लिएर महानगरलाई बुझाएका १२ ट्रिपर र २ जेसिबीलाई गरी २ लाख २० हजार जरिवाना गरेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । ट्रिपरलाई १०÷१० हजार र जेसिबीलाई ५०÷५० हजार जरिवाना गरिएको पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार ग १ ख ७८०३, ग १ ख ३२१९, ग १ ख ३५९५, ग १ ख ४४९९, ग १ ख ३८०३, ग १ ख ३५८७, ग १ ख ३७६६, ग १ ख ५७५१, ग १ ख ६६०९, ग १ ख ३९६४, ग १ ख ७३२० र ग १ क ३४३२ नम्बरका ट्रिपर कारबाहीमा परेका हुन् । बुधबार ट्रिपर र जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुन ढुवानी सेवा, मिजुरेडाँडा गोर्जे सप्लायर्स, एकेसा सप्लायर्स लगायतका कम्पनीका ट्रिपरले अवैध रुपमा ढुंगा ढुवानी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गत आर्थिक वर्षको ठेक्काको समय सकिएको र नयाँ ठेक्काको प्रक्रिया सुरु भएको अवस्थामा नदी जन्य पदार्थ अवैध रुपमा चोरी निकासी हुनसक्ने भन्दै प्रहरी र महानगरपालिकाले त्यसलाई रोक्न सक्रियता देखाएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...