बृद्द महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ |

अपराध

बृद्द महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ |

फेब्रअरी ७ काठमाडौँ :-मुस्ताङमा बृद्ध महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा घोरपझोङ गाउँपालिका–१ चिमाङ बस्ने ३१ बर्षीय सुनबहादुर बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विकले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ७० बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भन्दै स्थानीयबासीले नियन्त्रणमा लिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

त्यसै गरि बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–५ सृजनानगर डेरा गरी बस्ने सर्लाहीको बरहथवा घर भएका २२ बर्षीय अमिर पण्डित र सोही ठाउँ घर भई काठमाडौँ बानेश्वर बस्ने २८ बर्षीय सन्दिप रायलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सोमबार राति सिन्धुपाल्चोक बाह्रबिसेकी १५ बर्षीया र मध्यपुर ठिमी नगरपालिका–८ चपाचोककी १४ बर्षीया बालिकालाई कोठामा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले १ थान चक्कु सहित नियन्त्रणमा लिएको हो ।घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...