गौरी कला हत्यामा ट्राफीक सहीत २ दाज्युभाई प्रहरीद्वारा सार्वजानीक |

अपराध

गौरी कला हत्यामा ट्राफीक सहीत २ दाज्युभाई प्रहरीद्वारा सार्वजानीक |
मार्च २८ सुर्खेत :- सुर्खेतको  पञ्चपुरी नगरपालिका–३ चौराकी छात्रा गौरीकला रोकाय हत्या घटनाका आरोपित ३ जनालाई प्रहरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न भएको आशंकामा ट्राफिक प्रहरी जवान हरि कोइरालासहित तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले प्रारिम्भक अनुसन्धान अनुसार दैलेख घरभई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा ७ दिनदेखि कार्यरत ट्राफिक प्रहरी जवान कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मी बास्तोला र उनका दाई सोही ठाउँका खुम प्रसाद बास्तोलालाई सार्वजनिक गरेको हो । लक्ष्मीले वीरेन्द्रनगरमा होटल व्यावसाय गर्दै आएका छन् भने खुमप्रसाद बौद्ध ग्रामीण सहकारी संस्था लि. मा कार्यरत कर्मचारी हुन ।घटनामा तीनै जनाको संलग्नता रहेपनि पोष्टमार्टम रिपोट र दोषी लक्ष्मीले लगाएको कपडाहरुमा देखिएको रगतको प्रयोगशाला परीक्षणपछि कारवाहिका लागि थप सहयोग हुने प्रहरीको भनाई छ ।

प्रारम्भिक अनुसन्धान अनुसार प्रहरी कोइरालासँग लक्ष्मीले दिउँसो भेट गराएको र साँझ दुईवटा पार्टीमा सहभागी भएको बुझिएको छ । साथीको बर्थडे पार्टीमा सहभागी उनीहरु तीनै जनाले मादक पदार्थ सेवन गरेको समेत खुलेको छ । दिउँसोको भेट र रातीको पार्टीपछि यौन सम्बन्धका लागि लक्ष्मी र कोइरालालाई मध्यराती उपयुक्त समयमा फोन गर्ने सहमति भएको थियो । करिव मध्येराती १२ः३० बजे रोकायाले उनीहरुलाई फोन गरेको र त्यसपछि लक्ष्मी र कोइरालाले रंगशाला नजिकै जंगलमा लगेको थिए ।जंगलमा यौनजन्य अपराधपछि लक्ष्मी बास्तोलाले मोटरसाइकलमा राखी गौकीकलाको डेरातर्फ लैजादै गर्दा लडेर घाइते भएको अनुसन्धानका क्रममा खुलेको छ । गौरीकला घाइतेभएपछि उनले आफ्नो दाई खुमलालाई बोलाएर डेरामै अचेत अवस्थामा छोडेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीको भनाई छ । घटना पश्चात प्रहरीले मृतक गौरीकलाको फोन रकर्डका आधारमा लक्ष्मी बास्तोलालाई पक्राउ गरेको थिए । छात्रा गौरीकला दुर्घटनामा परेको भनिएको स्थान नजिकै उनको मोवाईल सेट प्रहरीले भेटाएको थियो । लक्ष्मीको बयानका आधारमा उनको दाजु खुमप्रसाद बास्तोला र ट्राफिक प्रहरी हरि प्रसाद कोइरालालाई प्रक्राउ गरेको हो ।

जिल्लामा क्रियाशिल रहेका महिला तथा बाल–बालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुले बुधवार प्रदेश गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयमा दोषिलाई कारवाहिको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।जसमा आवाज संस्था, सुन्दर नेपाल संस्था, सामुदायिक सुधार संस्था, नवज्योती केन्द्र, सुर्खैत, केड नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला संघ, वातावरण सुधार समाज, वाम, मानव अधिकार, समाज जागरण केन्द्र(स्याक) नेपाल, एकता फाउण्डेशन नेपाल, सुर्खेत महिला जेसिज, किडार्क नेपाल, अन्तपार्टि महिला संजाल सुर्खेत, र एकल महिला समूह गरि विभिन्न १६ वटा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीको हस्ताक्षर सहित आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...