कास्कीमा अवैध हतियार र मृगाको छाला सहित २ जना पक्राउ |

अपराध

कास्कीमा अवैध हतियार र मृगाको छाला सहित २ जना पक्राउ |
पोखरा,६ चैत कास्कीको माछापच्छ«े गाउँपालिका वडा नं २ च्याङलुङवाट प्रहरीले अवैध हतियार तथा चितुवाको छाला सहित २ जनालाई पक्राउ गरेको छ ।च्याङकुलङका गमवहादुर गुरुङको घरमा अवैध हतियार र चितुवाको छाला लुकाई राखेको छ भन्ने सूचनाको आधारमा चैत ५ गते प्रहरी चौकी सार्दीखोला कास्कीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासि गर्दा चितुवाको छाला थान(१, भरुवा बन्दुक थान(१, उक्त बन्दुकमा लाग्ने छर्रा र खालि खोका थान २७ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक खड्कवहादुर खत्रीले जानकारी दिए । अनुसन्धान तथा सोधपुछ गर्दा गुरुङलाई सोही स्थानका ३१ चन्द्र बहादुर पौडेलले चितुवा मारी त्यसको छाला राख्न दिएको भन्ने अनुसन्धान पश्चात खुल्न आएकोले चन्द्र बहादुर पौडेललाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले वताएको छ । साभार :-पिस पोखरा

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...