इजरायलमा गैर-आवासीय नेपली राष्ट्रिय समन्वय परिषद इजरायलले नयाँ बर्ष २०७९ को अवसर पारेर“नयाँ बर्ष साँगितिक धमाका २०७९ ”को आयोजना गर्ने ।

अन्य

मार्च १८ फिष्टेल न्यूज इजरायल, नयाँ बर्ष २०७९ को अवसर पारेर गैर आवासीय नेपली राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी)इजरायलले “नयाँ बर्ष साँगितिक धमाका २०७९ ”को आयोजना गर्ने भएको छ ।कोभिड १९ को विश्व महामारीको कारण कुनै कार्यक्रम नभई रहेको अवस्थामा पहिलो पटक एनआरएनए एनसिसी इजरायलले नेपालका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा नयाँ बर्ष बिशेष सांगीतिक कार्यक्रमको तयारी शुरु गरेको छ ।

तेल अभिव स्थित हाहगना मार्ग १३५ स्थित वेतवारवर हलमा आयोजना गरिने “नयाँ बर्ष साँगितिक धमाका २०७९ ” नाम दिइएको उक्त कार्यक्रम इजरायलमा कार्यरत विभिन्न जघन्य रोगबाट पीडित नेपालीहरुको लागि एनआरएनए एनसिसी इजरायलद्वारा स्थापना गरिएको आपतकालिन राहत कोषकोलागि भएको आयोजकले बताएका छन् ।

नेपाली टी भी कार्यक्रम दि भ्वाइस अफ नेपाल सिजन १ का विजेता सि डी विजय अधिकारी, पछिल्लो समयकी लोकप्रिय भर्सटाइल गायिका रचना रिमाल र लोकप्रिय लोक गायक विष्णु खतिवडा तथा इजरायलमा रहेका स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने गरी आयोजना गर्न गइरहेको नयाँ बर्ष सांगितिक धमाका २०७९ विशेष गरी नेपाली नयाँ बर्ष १५ अप्रिलमा परे पनि यहुदीहरुको विशेष धार्मिक पर्व पेशाख पनि सोही दिन परेका कारण अधिकांश नेपाली तथा नेपालीभाषीहरुलाई असुविधा हुने भएकाले अघिल्लो साता ८ अप्रिल शुक्रबार नै आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।

साँझको ठिक ७ बजेदेखि नै कार्यक्रम शुरु गरिसक्ने गरी तयारी थालिएकोले सम्पूर्ण नेपालीहरुमा समयमै उपस्थितिकोलागि हार्दिक अनुरोध गरिएको छ ।कार्यक्रममा जानकोलागि लेवन्स्की पार्कबाट नि:शुल्क बसको समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक सुमी थापाले बताउनु भएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...