बि एण्ड सी टिचिंग हस्पिटलका संचालक दुर्गा प्रसाईले माफी मागे |

अन्य

बि एण्ड सी टिचिंग हस्पिटलका संचालक दुर्गा प्रसाईले माफी मागे |
श्रावन ९ पोखरा :- बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो १४ महिना अघिको अभिव्यक्तिलाई तोडमोड गरिएका कारण बङ्गलादेशमा अध्ययनरत नेपाली छात्रामा पर्न गएको चोटप्रति क्षमा याचना गरेका छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी प्रसाईँले भने, “नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो ।” उनले आफ्नो पुरानो अभिव्यक्तिमा प्रयोग भएको कतिपय शब्दका कारण नेपाली छात्रा र अभिभावकमा पर्न गएको चोटप्रति पटक पटक क्षमा मागिएको बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...