पोखरामा कक्षा ५ मा अध्यनरत २ बिद्यार्थी कुटाकुट गर्दा एकको मृत्यु |

अन्य

पोखरामा कक्षा ५ मा अध्यनरत २  बिद्यार्थी कुटाकुट गर्दा एकको मृत्यु |
माघ २७ पोखरा :-पोखरा महानगर पालिका १३ मा रहेको भद्रकाली उच्च मा बिको कक्षा ५ मा अध्यनरत दुई बिद्यार्थी बिच समान्य विवाद पछी कुटपीट हुँदा एक बिद्यार्थीको मृत्यु भएको छ |गत माघ २० गते बिद्यालय समय सकिए पछीको ट्युसन कक्षा हुनु अगाडी विद्यालयको शौचालयमा झगडा भएका होम बहादुर बि का र आशिस गुरुङ मध्ये होम बहादुर बि काको उपचारको क्रममा मणीपाल अस्पतालमा मृत्यु भएको छ | मृतक होम बहादुरको घाँटीमा पहिला देखी नै ट्युमरका कारण समस्या रहेको परिवार स्रोतले जनाएको छ |कुटपीट पछी होम बहादुर शौचालयमा ढलेको अवस्थामा फेला परेको र तुरुन्त गण्डकी क्षेत्रिय अस्पताल लगिएको र अवस्था नाजुक भएकोले मणीपाल अस्पताल भर्न गरिएको थियो |आशिस गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ | साभार :-फलानो टिभी  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...