भारतमा रेलको ठक्करबाट ५ हात्ती मारिए |

अन्य

भारतमा रेलको ठक्करबाट ५ हात्ती मारिए |

डिसेम्बर ११ दिल्ली :- उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा ५ हात्ती मारिएका सोमबार अधिकारीहरुले जनाएका छन् ।आइतबार बिहान सबेरै आसाम राज्यमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका हुन् । त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ ।

भारत ठूलो संख्यामा हात्तीहरु रहेको देश हो । हात्तीहरु रेलमार्ग भएर हिँड्ने गरेका छन् । त्यस क्रममा भारतमा यसरी बारम्बार दुर्घटना हुने गरेको छ ।आइतबार बिहानको यस दुर्घटनामा परी पाँच हात्तीको मृत्यु भएको आसाम जंगल विकास बोर्डका प्रमुख विकास बर्माले बताए ।

सन् २०११ मा भएको गणनाअनुसार आसाममा मात्र ५ हजार ६२० ओटा हात्ती रहेका छन् । भारतका अन्य राज्यको तुलनामा आसाममा रहेको यो संख्या बढी हो । आसाममा यस वर्षमात्र करिव ६० हात्ती मारिएको अनुमान गरिएको पनि बर्माले बताएका छन् ।

रासस


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...