छोराको शोकलाई शक्तिमा परिबर्तन गर्दै दाहाल फर्किए चितवन ।

अन्य

छोराको शोकलाई शक्तिमा परिबर्तन गर्दै दाहाल फर्किए चितवन ।

नोवेम्बर २१ चितवन :-आफ्नो छोरा प्रकाशको निधन भएको तेस्रो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल चुनावी अभियानमा निस्केका छन्। २ दिन काठमाडौं बसेका दाहाल मंगलबार बिहान गृहजिल्ला चितवन गएका हुन्। उनी दिउँसो १२ बजे भरतपुर बसपार्कमा हुने चुनावी सभामा सहभागी हुनेछन्।

माओवादीले आज देशभरका सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने निर्णय गरेको छ। चितवन–३ मा उम्मेदवार समेत रहेका दाहालले चुनावी सभालाई सम्बोधन गर्ने/नगर्ने अझै टुंगो लागिसकेको छैन।यसअघि आइतबार छोरा प्रकाशको निधनपछि दाहाल झापाको चुनावी अभियान छोडेर काठमाडौं फर्किएका थिए। दाहालले सोही दिन प्रकाशको निधनमा चुनावी कार्यक्रम नरोक्न कार्यकर्तालाई निर्देशन दिएका थिए।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...