पुर्वाञ्चल बिस्व बिद्यालयका बिद्यार्थी तोडफोडमा उत्रे |

अन्य

डिसेम्बर १४ काठमाडौँ :-पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन् । प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् ।तोडफोडबाट कार्यालयको झ्यालका शिशा फुट्नुका साथै क्याम्पस प्रमुखको कुर्सीसमेत जलेको छ । उनीहरुले परीक्षा रद्ध गरी पुनः गर्नु पर्ने मागसमेत गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले बुधबार लिएको ‘एग्रो मेट्रोलोजी एण्ड क्लाइमेट चेन्ज’ विषयको परीक्षाको प्रश्नपत्र समय नहुँदै बाहिर आएको भन्दै उनीहरुले पुनः परीक्षाको माग गरेका हुन् ।पुनः परीक्षा गराउने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, डिनलगायतसँग वार्ता नभएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ ।

क्याम्पस प्रमुख अजयकुमार साहले प्रश्नपत्र बाहिरिएको भन्ने विषयमा सत्यतथ्य पत्ता लगाउन विश्वविद्यालयले आन्तरिकरुपमा अनुसन्धान शुरु गरेको बताउनुभयो । उक्त संकायमा ४७ जना विद्यार्थी अध्ययनरत छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...