काठमाडौँ देखि झापा जाँदै गर्दा जिप दुर्घटना ६ जना मृत्यु |

अन्य

काठमाडौँ देखि झापा जाँदै गर्दा जिप दुर्घटना ६ जना मृत्यु |

जनवरी २७ काठमाडौँ :-काठमाडौंबाट यात्रु बोकेर झापा जाँदै गरेको जीप शनिबार बिहान धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । बा ९ च ३३१४ नम्बरको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका कमलापुलनजिकै शनिबार दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले दुर्घटनाको पुष्टि गर्दै ६ जनाको ज्यान गएको जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी दाहाल र मोरङकै पह्लाह न्यौपानेको ज्यान गएको छ । त्यसैगरी, खोटाङका ज्ञानबहादुर चौहान, मोरङका खेमकुमार रानामगर र पाँचथरकी प्रनिता राईको पनि दुर्घटनामा परी मृत्यु छ ।

४ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ भने अन्य ३ जना साधारण उपचारपछि घर फर्केका छन् । गम्भीर घाइते १ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...