कास्कीको नयापुलमा ८० बर्षीय बृद्दको हत्या |

अन्य

कास्कीको नयापुलमा ८० बर्षीय बृद्दको हत्या |
कार्तिक १३ पोखरा :- कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ नयाँपुलकी ८० बर्षिय कौशिला गुरुङको सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा लास फेला परेको छ । जि. प्र. कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक रवीन्द्रमान गुरुङका अनुसार घटनास्थलको प्रकृति, मृतकको टाउको लगायत शरिरका विभिन्न भागहरुमा चोट देखिएको र घरको मूल ढोकामा बाहिरबाट ताल्चा लगाईएकाले उनको हत्यानै भएको हो । आईतबार राती भएको घटनाको बारेमा सोमबार साँझमात्र जानकारी भएको वडा नं ८ का वडाअध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए । जेठा छोरा चित्रबहादुरसँग बस्दै आएकी कौशिला छोरा घरमा नभएको राती गुरुङको साथमा भएका गरगहना लुट्ने नियतले हत्या भएको हुन सक्ने प्रारम्भिक आँकलन प्रहरीको छ । मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...