पर्वतमा १२ बर्षीय बालिका बलात्कृत ,असोज महीनामा ३ बलात्कृतका घटना दर्ता |

अन्य

पर्वतमा १२ बर्षीय बालिका बलात्कृत ,असोज महीनामा ३ बलात्कृतका घटना दर्ता |
असोज १५ पोखरा :-मोदीगाउँपालिका १ भूक देउरालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालले असोज १३ गते शनिबार राति बालिका बलात्कार गरी फरार भएका हुन् । घरमा बसेर कोठामा पढ्दै गरेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनेर पीडितका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् । बलात्कार आरोपी छन्त्याल घटनापछि फरार रहेका छन् । वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरी खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । असोज महिना लागेपछि पर्वतमा तीनजना बालिका बलात्कृत भएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...