गुण्डा नाईके बस्नेतकी श्रीमती माया शेरचन बस्नेत पक्राउ |

अन्य

कार्तिक १८ काठमाडौँ :- गौचन हत्यामा संलग्न रहेका गुन्डा नाइके समिरमान सिंह बस्नेतकी श्रीमतीलाई प्रहरीले प्रक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्नेतकी श्रीमती माया शेरचनलाई स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको प्ररहीले जनाएको छ । यसअघि गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी हत्या गरिएका शरद गौचनको घटनामा उनको पनि संलग्नता देखिएको प्रहरीको दाबी छ ।समिरका ३ जना सुटर पक्राउ परेसँगै घटनामा मायाको संलग्नता पनि सार्वजनिक भएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...