शेर्पा किदुग युएईको नेतृत्वमा निमा शेर्पा निर्वाचित ।

अन्य

शेर्पा किदुग युएईको नेतृत्वमा निमा शेर्पा निर्वाचित ।
डिसेम्बर १५ मनु कोंमे तमु यु ए ई:-शेर्पा किदुग युएईको पांचौं महाधिवेशन यही २०१९ डिसेम्बर १३ तारिख शुक्रबार दुबई स्थित कन्चानजंघा रेष्टुरेन्टको सभाहल वर दुबईमा सम्पन्न भएको छ।उक्त शेर्पा किदुग युएईको पांचौं महाधिवेशनको लागि पासाङ रिन्जी शेर्पाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । संयोजकमा पासाङ रिन्जी शेर्पा रहेको थियो भने सदस्यहरुमा गन्जु शेर्पा र नुरु शेर्पा रहेको थियो। उक्त निर्वाचान समितिले निमा शेर्पाको अध्यक्षता १७ सदस्यीय निर्वाचित कार्यसमिति चयन गरेको छ। अध्यक्षमा पुन: निमा शेर्पा दोस्रो कार्यकालको लागि निर्वाचित भएको छ।बरिस्ठ उपाध्यक्षमा आङ्ग माया शेर्पा,प्रथम उपाध्यक्षमा गेलु शेर्पा र द्धितिय उपाध्यक्षमा सोनम शेर्पा लाई चयन गरेको छ।यसैगरी महासचिवमा रिन्जिन पासाङ शेर्पा,सचिवमा फुर्निमा शेर्पा र सह-सचिवमा साङ गेल्जी शेर्पा लाई चयन गरेको छ। कोषाध्यक्षमा फुर्दुकी शेर्पा,सह-कोषाध्यक्षमा पासाङ शेर्पा,प्रबक्तामा कान्छा शेर्पा र अबुधाबी क्षेत्रीय संयोजकमा मिगुर शेर्पा चयन भएको छ भने सदस्यहरुमा टाशी नोर्बु शेर्पा,ल्हाक्पा शेर्पा,छिरिङ गोपर्मा शेर्पा,आङ ल्हामु शेर्पा,पेम्बा शेर्पा र निमा ल्हामु शेर्पा चयन भएको छ। उक्त पांचौं महाधिवेशनले संरक्षक समिति र सल्लाहकार समिति समेत चयन गरेको छ। संरक्षक समितिको प्रमुख संरक्षकमा पासाङ रिन्जी शेर्पा,संरक्षकमा गान्जु शेर्पा,फुर्वा शेर्पा,पासाङ गोलि शेर्पा,छिरी शेर्पा र सोनाम लामा शेर्पा लाई चयन गरेको छ भने सल्लाहकार समितिमा कर्मा गेलिशेर्पा,कर्साग शेर्पा र रिन्जी शेर्पा लाई चयन गरेको छ। पांचौं महाधिवेशन बाट निर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरु लाई निर्वाचन समितिका संयोजक पासाङ रेन्जी शेर्पाले खादा ओढाएर प्रमाणपत्रका साथ पद तथा गोपिनियताको सपथ गराएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...